काठमाडौं– रुपन्देही १ को सुरुवाती मतगणनामा सीके राउत नेतृत्वको जनमत पार्टीले अग्रता बनाएको छ।
प्रारम्भिक मतपरिणाम अनुसार जनमतका कैलाश गुरुङ २९ मतसहित पहिलो स्थानमा छन्। दोस्रोमा नेकपा एमालेका छविलाल विश्वकर्माले २१ मत ल्याएका छन्। एमालेले टिकट नदिएपछि विद्रोह गरेर स्वत्नत्र उम्मेदवारी दिएका घनश्याम भूसाल यहाँ चौथो स्थानमा रहेका छन्।
घनश्यामभन्दा अगाडि रहेको नागरिक उन्मुक्ति पार्टीले एमाले बराबर मत ल्याएको छ। यहाँ उन्मुक्तिका धनीराम चौधरीले २१ मत पाएका छन्।