काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाएकी छन्। उनले नेकपा एमालेका अमृत खड्कालाई ३४ मतले लिड गरेकी हुन्।
यसअघि उनले नेकपा माओवादी केन्द्रकी गठबन्धन उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी थिइन्।
हालसम्मको मतगणनाअनुसार तोसिमाले १ हजार ४८२ मत पाएकी छन्। एमालेका खड्काले १ हजार ४४८ मत पाउँदा माओवादीकी पम्फा ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छन्।