काठमाडौं– आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ।
मतगणना जारी रहँदा गठबन्धनका तर्फबाट काठमाडौं–४ का उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री गगन थापा फिल्म हेर्न हलमा पुगेका छन्। थापा श्रीमती डा. अञ्जना केसी थापासहित दरबारमार्गस्थित क्यूएफएक्स मल पुगेका हुन्।
उनले सामाजिक सञ्जालमा तस्वीर राख्दै लेखेका छन्, "धेरै दिनको दौडधुप पछि आजको फुर्सद!"