काठमाडौं– काठमाडौं १ मा सुरुदेखि अग्रता बनाउँदै गएका नेपाली कांग्रेसका प्रकाशमान सिंह पछि परेका छन्।
प्रकाशमानलाई उछिन्दै राप्रपाका रविन्द्र मिश्रले अग्रता बनाएका छन्। अहिलेसम्मको मतपरिणामअनुसार रविन्द्रले २ हजार ४१३ मत ल्याएका छन्।
दोस्रोमा रहेका प्रकाशमानले २ हजार १४० मत पाएको रविन्द्रनिकट नेता शरदराज पाठकले बताए।
यसैगरी नेकपा एमालेका किरण पौडेलले १ हजार ४४१, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १ हजार ३६५ र नेपाल सुशासन पार्टीका रमेश खरेलले १ हजार ६६ मत पाएका छन्।