काठमाडौं। रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सबैभन्दा बढी प्रभाव देखिएको चितवन २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ।
१ सय मत गन्दा एमालेका कृष्णभक्त पोखरेल ५३ मतसहित पहिलो स्थानमा छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ मत ल्याएका छन्।
रास्वपाका रविले ५ मत मात्रै ल्याएका छन्।