काठमाडौं– काठमाडौं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रविन्द्र मिश्रले नेकपा एमालेका किरण पौडेललाई उछिनेका छन्। नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन्।
हालसम्मको मतगणनामा सिंह १ हजार ८४६ मतसहित पहिलो स्थानमा छन्। दोस्रोमा रविन्द्रले १ हजार २८१ मत ल्याएका छन्।
एमालेका किरण १ हजार ६२ मतसहित तेस्रो स्थानमा छन्।
प्रकाशित: Nov 21, 2022| 14:57 सोमबार, मंसिर ५, २०७९