भरतपुर- चितवन-२ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ। भरतपुर महानगरपालिका-१० स्थित चितवन उद्योग संघमा मतगणना सुरु भएको हो।
चितवन–२ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका तर्फबाट कृष्णभक्त पोखरेल उम्मेदवार छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन्।
क्षेत्र नं. २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा यो क्षेत्रअन्तर्गत पर्दछन्।