काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर-४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। प्रारम्भिक मतगणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४४५ मतले अगाडि छन्।
उक्त क्षेत्रमा ४ हजार २१६ मतगणना हुँदा थापाले २ हजार २५ मत ल्याएका छन्। एमालेका भट्टराईले १ हजार ५८० मत ल्याएर पछ्याइरहेका छन्।
यस निर्वाचन क्षेत्रमा २०७० र २०७४ मा थापा नै विजयी भएका थिए। २०७४ मा उनले भट्टराईलाई नै पराजित गरेका थिए।