काठमाडौं- प्रतिनिधिसभा अन्तर्गत दैलेख-१ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार रविन्द्रराज शर्माले अग्रता बनाएका छन्।
प्रारम्भिक गणनामा शर्माले १५४ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार अम्मरबहादुर थापा १११ मतका साथ पछ्याइरहेका छन्।
राप्रपाका कुन्तीकुमारी शाही ८ मत ल्याएर तेस्रो स्थानमा छिन्।