शुक्रबार, भदौ १३, २०८२

विराटनगरमा तीन क्षेत्रको मतगणना सुरु

आदर्श माद्यामिक विद्यालय विराटनगरमा तीन क्षेत्रको मतगणना सुरु भएको छ।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

विराटनगर- आदर्श माद्यामिक विद्यालय विराटनगरमा तीन क्षेत्रको मतगणना सुरु भएको छ।

क्षेत्र नम्बर ४, ५ र ६ को प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए। उनका अनुसार आदर्श माविको माथिल्लो तलामा क्षेत्र नम्बर ६, तल्लो तलामा क्षेत्र नम्बर ४ र आदर्शको इन्जिनियरिङ ब्लकमा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको हो। 

सोमबार विहान बसेको सर्वदलिय बैठकमा प्रतिनिधि सभा, प्रदेशसभा र समानुपातिकको एकै पटक मतगणना गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत ढुङ्गेलले बताए। 

विराटनगर बाहिर क्षेत्र नम्बर १, २ र ३ को संवन्धित निर्वाचन क्षेत्रमा नै मतगणना हुँदैछ। १ नम्बर क्षेत्रको उर्लाबारी नगरपालिका, २ नम्बरको रतुवामाइको विश्वनाथ मन्दिर र ३ नम्बरको बेलबारीको भगवती माद्यामिक विद्यालयमा मतगणना सुरु हुँदैछ। 

मोरङ कुल ७ लाख ३५ हजार ५२५ मतदाता रहेकोमा आइतबार भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ४ लाख ८७ हजार ४७ मत खसेको थियो।

दिउँसो १ बजेदेखि मतगणना सुरु हुने जानकारी पाएका उम्मेदवारका समर्थक शुभेच्छुकहरूको अहिले आदर्श मावि परिसर बाहिर उल्लेख्य भीड लागेको छ।

प्रकाशित: Nov 21, 2022| 13:42 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...