काठमाडौं– नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा–१ मा गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएकी छन्। आइतबार पत्रकार सम्मेलन गर्दै उनले त्यहाँका ४ केन्द्र कब्जामा लिई गठबन्धनले आफूखुसी भोट हालेको आरोप उनले लगाइन्।
उनले गठबन्धनका कार्यकर्ताले डरत्रास देखाइ जबर्जस्ती मतदान अधिकृतलाई सही गराउँदै मतपेटिकामा मत खसालेको आरोप लगाइन्। जसकारण त्यहाँका ४ केन्द्रमा पुन:मतदान हुनुपर्ने माग उनले गरेकी छन्।
बुथ कब्जा भएका ती केन्द्रमा ९८ प्रतिशतसम्म मत खसेको दाबी उनले गरिन्।