काठमाडौं- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको छ।
प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादु खड्का ३ सय ५९ मतका साथ अगाडि छन्। नेकपा एमालेका उम्मेदवार नवराज गेलाल ३ सय ५६ मतका साथ खड्कालाई पछ्याइरहेका छन्।
निवर्तमान सांसद रहेका नेपाल मजदूर किसान पार्टी नेमकिपाका प्रेम सुवालले भने २ सय ९२ मत प्राप्त गरेका छन्।
२०७४ सालको आमनिर्वाचनमा सुवाल ३३ हजार ७६ मत प्राप्त गरेर विजयी भएका थिए।