चितवन- चितवन क्षेत्र नम्बर ३ को मतगणना सोमबार दिउँसो सवा दुई बजेदेखि सुरु हुने भएको छ। रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने बताइएको छ।
प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे, नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका दिनेश कोइरालालगायत प्रतिस्पर्धामा छन्।