काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीलाई उछिनेकी छिन्।
सुरुआती मतगणनामा सबैभन्दा कम मतले तेस्रो स्थानमा रहेकी पम्फा विस्तारै प्रतिस्पर्धामा आएकी थिइन्।
नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मत पाएका छन्।
माओवादीकी भुसालले ६९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले ६७४ मत पाउँदै तेस्रो स्थानमा छिन्।