सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ को मतगणना दिउँसो ३ बजेपछि गर्नेगरी तयारी भएको छ।
त्यसअघि सर्वदलीय बैठक गरेर आवश्यक निर्णय हुनेछ। यस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा ११ बजे सर्वदलीय बैठक बोलाइएको छ।
क्षेत्र नम्बर १ को केही स्थानको मतपेटिका अझै पनि संकलन भइरहेको बताइएको छ ।