शुक्रबार, भदौ १३, २०८२

गोरखामा पुनः मतदान गराउन एमालेको माग

नेकपा एमाले गोरखाका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: चुनाव गराउन माग गरेको छ।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

गोरखा- नेकपा एमाले गोरखाका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: चुनाव गराउन माग गरेको छ। 

जिल्ला सचिव काजीराम रोकाले विज्ञप्ति निकालेर निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरूको नामबाट समेत मतदान गरिएको पाइएको भन्दै चनाव स्वतन्त्र र निष्पक्ष हुन नसकेको दाबी गरेका छन्।

ती केन्द्रमा सत्ता गठबन्धनका मतदान प्रतिनिधिले अन्य उम्मेदवारका प्रतिनिधिलाई हातपात गर्ने लगायतका अवाञ्छित गतिविधि गरेका पनि विज्ञप्तिमा दाबी गरिएको छ। 

विन्द्रावती मावि मसेलका ३ वटा केन्द्र, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा केन्द्र, आरुघाट गाऊँपालिका-१ मान्बुका केही मतदान केन्द्र, सौरपानीको हिमालय मावि केन्द्र, ताकुकोटको सूर्यज्योती मावि केन्द्र, धार्चे गाऊँपालिका-३ को पार्वती आधारभूत विद्यालय केन्द्रमा पुनः मतदान गर्न एमालेको विज्ञप्तिमा माग गरिएको छ।

ती केन्द्रहरुमा मतदानका क्रममा भएको अवाञ्छित गतिविधिहरुको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ। मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले केही केन्द्रमा निष्पक्ष रुपमा चुनाव हुन नसकेको भन्दै कार्यालयमा निवेदन प्राप्त भएको बताए। केन्द्रमा खटिएका कर्मचारी लगायतसँग बुझेर यसबारे निर्क्योल गर्ने उनको भनाइ छ।

प्रकाशित: Nov 21, 2022| 08:19 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...