विराटनगर- मोरङका तीन क्षेत्रको मतगणनाका लागि सर्वदलिय बैठक बस्दै छ।
अहिले केहीवेरपछि सर्वदलिय बैठक बसेर मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए।
क्षेत्र नं. ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माविमा हुँदैछ। क्षेत्र नं १ को उर्लाबारी नगरपालिका कार्यालय, २ को रतुवामाईको विश्वनाथ मन्दिर र क्षेत्र नं. ३ को भगवती मावि, बेलबारीमा मतगणनाको तयारी भईरहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए।
आइतबार भएको निर्वाचनमा मोरङमा ६६ दशमलव २२ मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताए।