काठमाडौं- काठमाडौंमा गएराति भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
गएराति ९ बजे चाबहिलमा बा १ ग २०८९ नम्बरको ट्रक र बा ३९ प ११५६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका १ का २५ वर्षका छिरिङ शेर्पाको ज्यान गएको हो।
प्रहरीका अनुसार छिरिङको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो।
यस्तै, काठमाडौंकै बालाजुमा गएराति भएको दुर्घटनामा एक जना पैदलयात्रुको ज्यान गएको छ। बालाजुको गङ्गाहल नजिकै गएराति साढे ९ बजे बा ४२ प ९९४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका एक जना पुरुषको ज्यान गएको हो।
उनको परिचय र ठेगाना खुल्न बाँकी छ। मोटरसाइकलका चालक पनि भागेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।