शुक्रबार, भदौ १३, २०८२

कांग्रेस कार्यकर्ताको कुटपिटबाट बाजुरामा अनेरास्ववियुका नेताको मृत्यु

बाजुरामा कांग्रेसका कार्यकर्ताको कुटपिटबाट अनेरास्ववियुका नेताको ज्यान गएको छ। त्रिबेणी नगरपालिका-७ का अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको हो।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

बाजुरा- बाजुरामा कांग्रेसका कार्यकर्ताको कुटपिटबाट अनेरास्ववियुका नेताको ज्यान गएको छ। त्रिबेणी नगरपालिका-७ का अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको हो। 

निर्घात कुटपिट भएका अयडीको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख डाक्टर मन्दिप पाठकले बताए। त्रिबेणी-७ को नाटेश्वरी आधारभूत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यक्रताले चेतनको घरमै गएर कुटपिट गरेर हत्या गरेका हुन्। 

उनी घरभित्र रहेको समय घरबाट निकालेर निर्घात कुटपिट गरेका थिए। कुटपीटपछि घाइते अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै अयडीलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्। 

डाक्टर पाठकका अनुसार अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो। अयडीको शब अहिले बयलपाटा अस्पतालको शवगृहमा राखिएको छ।

त्रिबेणी ७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएपश्चात विवादले चर्को रुप लिएको थियो। 

सुरक्षाकर्मीको गोलि लागेर स्थानीय सञ्जिब अयडीको मृत्यु भएको थियो। सञ्जिब अयडीको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्तामाथि कुटपिट गरेका हुन्।

प्रकाशित: Nov 21, 2022| 07:43 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...