काठमाडौं– चितवन क्षेत्र नम्बर २ को मतगणना दिउँसो १ बजेबाट शुरू हुने भएको छ। निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान बसेको सर्वदलीय बैठकमा दिउँसोबाट गणना गर्ने सहमति जुटेको हो।
चितवन–२ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका तर्फबाट कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा छन्। नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि यही क्षेत्रका उम्मेदवार हुन्।