मंगलबार, वैशाख ३०, २०८२

अछाममा खस्यो ५५ प्रतिशत मत

जिल्लाका क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको र मतदाताले मतदान गरेका उनले बताए।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

अछाम- अछाममा करिव ५५ प्रतिशत मतदान भएको छ। दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिव ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले जानकारी दिए। 

जिल्लाका क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको र मतदाताले मतदान गरेका उनले बताए।

जिल्लामा क्षेत्र नम्बर  १ मा ३८ हजार १३३ पुरुष, ४० हजार ९०२ महिला र १ जना अन्य गरी ७९ हजार ३६ मतदाता रहेका थिए। यसैगरी क्षेत्र नम्बर २ मा ३९ हजार २६३ पुरुष, ४० हजार ३६३ महिला र अन्य १ गरी ७९ हजार ६२७ जना मतदाता रहेका थिए। जिल्लाभर ७७ हजार ३९० पुरुष, ८१ हजार २५६ महिला र अन्य २ गगरी १ लाख ५८ हजार ६ सय ५७ मतदाता रहेका छन्। 

कुनै मतदान केन्द्रमा ६०-६५ प्रतिशत तथा कुनैमा ५० प्रतिशतसम्म मतदान भएको निर्वाचन अधिकृत शर्माले बताए। अहिले कर्मचारी मतपेटिका सिल गरी मतदान अधिकृतको कार्यालयमा फर्किने क्रममा रहेका छन्। 

आफ्नो मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सकिएको र अब फर्किने क्रममा रहेको अछाम क्षेत्र नम्बर २ मा रहेको गंगा मावि मतदान केन्द्रका मतदान अधिकृत भीम बहादुर सिंहले जानकारी दिए। 

Metro Mart
worldlink

९२३ मतदाता संख्या रहेको उक्त केन्द्रमा ३ सय पाँच महिला, १ सय ९३ पुरुष गरी ४ सय ९८ मतदान भएको उनको भनाइ छ। जुन ५३.९५ प्रतिशत रहेको मतदान अधिकृत सिंहले बताए।

प्रकाशित: Nov 20, 2022| 18:23 आइतबार, मंसिर ४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।