काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गरेका छन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार हुन्।
यसैगरी कांग्रेसका नेता एवं क्षेत्र १ का उम्मेदवार प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल मतदान केन्द्रबाट मतदान गरेका छन्।