चितवन- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान विथोल्ने प्रयास गरेको छ।
चितवनको क्षेत्र नम्वर १ अन्तर्गगको राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभूत विद्यालयको (ख) मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको हो।
१०/१२ जनाको समूहमा उनीहरूले मतपेटिका एउटा मतपेटिका जलाएपछि भागेको प्रहरीले जनाएको छ। एउटा मतपेटिका क्षती पुगे पनि मतपत्र भने सुरक्षित रहेको प्रहरीले बताएको छ। उक्त घटनापछि झण्डै ४५ मिनेटपछि सुरक्षा कडाइका साथ पुन: मतदान प्रक्रिया सुरु भएको छ।