चितवन- कारगार कार्यालय भरतपुरका कैदिबन्दीले मतदान गरेका छन्। आज बिहान ७ बजेयता कारागारको मुख्य गेटभित्र रहनेगरी बन्दीगृह अगाडि मतदान गर्ने व्यवस्था मिलाइएको छ।
कारगारमा १०१ जना मतदाता रहेका छन्। जसमध्ये ४ जना महिला र ९७ जना पुरुष मतदाता रहेक छन्।
कारगारका जेलर एवम् मतदान अधिकृत कमलप्रसाद आर्चायका अनुसार ९ बजेसम्म ७५ प्रतिशत मतदान सम्पन्न भएको छ। उनीहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने मतदान अधिकृत आर्चायले बताए।