विराटनगर- अत्याधिक चिसोका कारण संखुवासभाको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रमा मतदान सुरु हुन सकिरहेको छैन।
मतदान गराउने कर्मचारी र सुरक्षाकर्मी उपस्थित भए पनि यो समाचार तयार पार्दासम्म मतदान केन्द्रमा मतदाता पुग्न सकिरहेका छैनन्। केही दिनदेखि संखुवासभाको उत्तरी क्षेत्रमा अत्यधिक चिसो बढेको छ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरले चिसोका कारण मतदाता उपस्थित हुन नसक्दा समयमै मतदान सुरु हुन नसकेको जनाएको छ।