चितवन- चितवनको क्षेत्र नम्बर २ को कृष्णपुर मतदानस्थलबाट एक सय वर्षीया वृद्धा धनकुमारी ढकालले मतदान गरेकी छन्।
भरतपुर-७ घर भएकी ढकालले छोरा रामबाबु ढकालको सहयोगमा मतदान गरेकी हुन्। ढकालले यो उमेरमा मतदान गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। 'खुशी छु। भोट हालेर सबैको जय होस भन्ने कामना छ,' उनले भनिन्।
उनलाई छोरा रामबाबुले बोकेर मतदानस्थलमा पुर्याएका थिए।
यस्तै उनका श्रीमान् ९७ वर्षीय विष्णुप्रसाद ढकालले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन्।