धनगढी- कैलालीको गौरिगंगा नगरपालिका-८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ।
कालिका गण नजिकै फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ।
बम डिस्पोजपछि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालिका प्रवक्ता डीएसपी वेदप्रकाश जोशिले बताए।