सोमबार, भदौ १६, २०८२

चितवनमा तीन स्थानमा मतगणना गरिने

चितवनमा तीन स्थानबाट मतगणना गरिने भएको छ। तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको हो।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

चितवन- चितवनमा तीन स्थानबाट मतगणना गरिने भएको छ। तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको हो। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा निर्वाचन क्षेत्र नम्बर २ को गणनाका लागि चितवन उद्योग सङ्घको हलमा गणनास्थल तयार गरिएको छ। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतगणनास्थलमा १० सिसीटिभी, मनिटर र फलामे बारसहितको जाली लगाइएको बताए। यहाँ चार ठाउँबाट गणनाको काम थालिने उनले जानकारी दिए। दुई ठाउँबाट प्रतिनिधिसभा र दुई ठाउँमा प्रदेश क्षेत्र (१) र (२) को प्रत्यक्षको मतगणना गर्ने थापाले बताए। अन्य निर्वाचन क्षेत्रमा पनि सोहीअनुसारको गणनाको योजना बनाइएको उनको भनाइ छ। 

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए। यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि देशैभरि मतगणनास्थलमा तारजाली लगाउन थालिएको छ। 

चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ। त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ। यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ। यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ। मुख्य निर्वाचन अधिकृत थापाले तीन दिनभित्र प्रत्यक्षतर्फको गणनाको काम सक्ने लक्ष्य राखिएको बताए।

नमूना मतदानस्थल 

चितवनको भरतपुर माविको मतदानस्थललाई नमूना मतदानस्थल बनाइएको छ। यस मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला मात्रै राखिएको छ। 

क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस मतदानस्थलमा चार वटा मतदान केन्द्र तोकिएको छ। यसमा कूल ३२ महिला कर्मचारी छन्। यस मतदानस्थलमा सुरक्षाका लागि पनि सबै २३ महिला सुरक्षाकर्मी खटाइएको छ। चारवटा केन्द्रमा गरेर कूल तीन हजार दुई सय २९ मतदाता रहेको मतदान अधिकृत विष्णुमाया विकेले जानकारी दिइन्। मतदान केन्द्रको तयारीदेखि मतदान सम्पन्न गर्नेसम्म सबै काम कुशलतापूर्वक पूरा गर्ने उनले बताए।

जिल्लामा कूल एक सय ६२ मतदानस्थल रहेका छन्। त्यसभित्र चार सय ६० मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। उद्दले सबै मतदानस्थल निर्माणको काम सम्पन्न भएको जानकारी दिए। 

जिल्लामा कूल मतदाता चार लाख आठ हजार तीन सय ४२ छन्। जसमा पुरुषभन्दा महिला मतदाता धेरै रहेका छन्। यस मतदान केन्द्रको शनिबार सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले समेत निरीक्षण गरेका छन्। सो क्रममा उनले राम्रोसँग काम गर्न आग्रह गर्दै महिला कर्मचारीलाई हौसला बढाएका थिए।

प्रकाशित: Nov 20, 2022| 09:13 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...