काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि नयाँ सदस्य चुन्न देशभर मतदान सुरू भएको छ। आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।
प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्। मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।
देशैभर मतदाताहरू उत्साहप्रद रुपमा आफूले रुचाएको जनप्रतिनिधि छान्नका लागि मतदान गरिरहेका छन्।
प्रस्तुत छ नेपाल समय कर्मी दिनेश श्रेष्ठ र राससको सहयोगमा तयार पारिएको फोटो फिचर।