सोमबार, भदौ १६, २०८२

देशभर मतदान सुरू, ८२५ जनप्रतिनिधि चुनिने

प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न देशभर मतदान सुरू भएको छ। आइतबार बिहान ७ देखि मतदान सुरु भएको हो। मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न देशभर मतदान सुरू भएको छ। आइतबार बिहान ७ देखि मतदान सुरु भएको हो। मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्। मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।

चुनावमा खटिएका कर्मचारीले आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न सक्ने छन्।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न ७७ जिल्लामा १४१ वटा अस्थायी मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ २ हजार १ सय ९९ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ। त्यस्तै प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ।

प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ।

निर्वाचनसम्बन्धी काम-कारबाही पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय संस्थाहरूबाट ७ हजार २ सय ७ जना पर्यवेक्षक रहेका छन्। त्यस्तै दुईवटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जनाले पर्यवेक्षण गर्दैछन्। आयोगले हालसम्म करिब ७ हजार ५ सय जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको जानकारी दिएको छ।

आयोगको निमन्त्रणामा भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त तथा श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको निर्वाचन व्यवस्थापन गर्ने टोली मतदान अवलोकन गर्न आएका छन्। नेपालस्थित १८ वटा कूटनीतिक नियोगबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ।

निर्वाचन आयोगले प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेनाले सुरक्षा पहरा दिएको छ। यसबाहेक ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको 'रिजर्भ फोर्स' व्यवस्था गरेको छ।

गृहसचिव विनोदप्रकाश सिंहले तीन लाख हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय समाचार समितिलाई बताएका छन्। त्यसमा १ लाख १५ हजार म्यादी प्रहरी मात्रै छन्।

निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र देखाएर मतदान गर्न सक्नेछन्। मतदाता परिचयपत्र नभएका तर नाम सूचीकृत भएका मतदाताले अन्य सरकारी कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कल प्रति आवश्यक पर्ने आयोगले जनाएको छ।

प्रकाशित: Nov 20, 2022| 07:41 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...