बिहीबार, भदौ १९, २०८२

चुनाव गराउन मोरङमा १३ हजार जनशक्ति परिचालन

‘म्यादी र नेपाल प्रहरीलाई सम्बन्धित मतदानस्थल तथा मतदान केन्द्रमा खटाइसकिएको छ,’ प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने, ‘नेपाली सेना र सशस्त्र प्रहरीलाई पनि आआफ्नो जिम्मेवारीसहित चुनाव केन्द्रित गरिएको छ।’
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

मोरङ- प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न गराउन मोरङमा १३ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। निर्वाचन सम्पन्न गराउन ७ हजारभन्दा बढी सुरक्षाकर्मी र ६ हजारभन्दा बढी कर्मचारी परिचालन गरिएको हो। 

‘म्यादी र नेपाल प्रहरीलाई सम्बन्धित मतदानस्थल तथा मतदान केन्द्रमा खटाइसकिएको छ,’ प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने, ‘नेपाली सेना र सशस्त्र प्रहरीलाई पनि आआफ्नो जिम्मेवारीसहित चुनाव केन्द्रित गरिएको छ।’ 

मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने कर्मचारीको सुरक्षामा कुनै कमजोरी हुन नदिने उनको भनाइ छ। भारतसँग सीमा जोडिएको नेपाल–भारत सीमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

सीमामा दुई देशका सुरक्षाकर्मीको गस्ती बढाइएको छ। निर्वाचन नसकिएसम्म भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रलाई सुरक्षाकर्मीले उच्च निगरानीमा राख्ने र आवश्यक सुरक्षाको प्रबन्ध मिलाइने मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। 

मतदानस्थल ३०६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्र छन्। मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन्। जसमा ३ लाख ७४ हजार ३ सय २६ पुरुष र ३ लाख ६१ हजार १ सय ९३ महिला छन्।

मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र छन्।

प्रकाशित: Nov 19, 2022| 20:05 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...