गुलरिया- बर्दियाको राजापुर स्थित कर्णाली नदीको तटबन्धन सडकमा गुडिरहेको ट्रयाक्टर पल्टिँदा चालकको ज्यान गएको छ।
राजापुर नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय किशोर थारुको ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको हो।
कर्णाली नदीको तटबन्धन मार्ग हुँदै अनन्तपुर जाने क्रममा भे २ त १००० नम्बरको आफैँले चलाएको ट्रयाक्टर पल्टिएर च्यापिएपछि चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए।
ट्रयाक्ट अनियन्त्रित भइ पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। मृतकको पोस्टमार्टम र घटनाको विस्तृत अनुसन्धान भैरहेको उनले बताए।