काठमाडौं- मोरङको उर्लाबारी नगरपालिकामा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही नगरपालिका-४ बस्ने २५ वर्षीय गौतम तामाङसहित तीन जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २६ वर्षीय आसाङ लिम्बुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
सोही नगरपालिका–६ स्थित तत्काल बन्द रहेको तरुण क्याफेको बाहिर पट्टीको बार्दलीमा पुरानो रिसिबीको कारण दुई पक्षबीच खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न लिम्बुसहित तीन जनालाई खुकुरीसहित पक्राउ गरेको हो।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका गौतमको बिएण्डसी अस्पताल बिर्तामोड झापामा र अन्य दुई जना सामान्य घाइतेको गोदावरी अस्पताल उर्लाबारी र आश्रय मेडिकलमा उपचार भइरहेको छ। प्रहरीले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।