झापा- झापाको सदरमुकाम भद्रपुर-७ स्थित वीरेन्द्र मावि मतदान स्थल अगाडि राखिएको बमजस्तो देखिने दुई वटा शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
'नोट भोट खतरा' सङ्केत उल्लेख गरिएको दुई वटा शङ्कास्पद वस्तुलाई सेनानी आकृती घिमिरेको कमान्डमा आएको टोलीले शनिबार बिहान पौने सात बजे डिस्पोज गरेको हो। उक्त शङ्कास्पद वस्तुभित्र रेड बुलको बट्टाभित्र बालुवा र बिजुलीको तार मात्र राखेर तर्साउन खोजिएको डिस्पोजल टोलीले जानकारी दिए।
निर्वाचनलाई प्रभावित पार्न उद्देश्यले अज्ञात समूहले वीरेन्द्र मावि मतदान स्थलको पश्चिम पट्टिको गेटमा शुक्रबार राती ९ बजेर ४० मिनेटमा कार्टुनले प्याक गरिएको वस्तु फेला परेको थियो।
त्यसको केही समयपश्चात् उत्तरतर्फको सानो गेटमा फेरि अर्को शङ्कास्पद बस्तु झोला फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। राति फेला परेकोले शङ्कास्पद वस्तुलाई बिहान मात्रै सेनाले डिस्पोज गरेको थियो।