बिहीबार, भदौ १९, २०८२

बुथ कब्जा र फर्जी मतदान निष्प्रभावी बनाउन छुट्टै संयन्त्र परिचालन

बुथ कब्जा र फर्जी मतदान निष्प्रभावी पार्नका लागि गृह मन्त्रालयले छुट्टै संयन्त्र परिचालन गरेको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

काठमाडौं- बुथ कब्जा र फर्जी मतदान निष्प्रभावी पार्नका लागि गृह मन्त्रालयले छुट्टै संयन्त्र परिचालन गरेको छ।

यस्ता, गतिविधिमा संलग्न व्यक्ति र सहयोग गर्ने कर्मचारीलाई तत्कालै कारबाहीका लागि अधिकारसम्पन्न संयन्त्र परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न खोज्नेलाई तत्कालै कारबाहीका लागि विशेष संयन्त्र खटाइएको बताए।

‘अवाञ्छित गतिविधिमार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित गराउन खोज्नेहरू र त्यसलाई सहयोग पुर्‍याउनेहरूलाई तत्कालै कारबाहीका लागि विशेष संयन्त्र परिचालन गरेका छौँ,’ उनले भने। 

मतदानका लागि निर्वाचन आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको छ। आयोगका अनुसार १ सय ४१ अस्थायी मतदानस्थल समेत छन्। त्यस्ता मतदानस्थलबाट कैदी,कर्मचारी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई मतदानको व्यवस्था मिलाइएको आयोगले जनाएको छ। 

गृह मन्त्रालयले ३ हजार ८० मतदानस्थललाई अतिसंवेदनशील सुचीमा राखेको छ। यस्तै ४ हजार ४ सय ८० स्थल संवेदनशील र ३ हजार ३ सय १९ कम स्थल संवेदनशील सुचीमा समावेश छन्। 

प्रकाशित: Nov 19, 2022| 10:23 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...