काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ४ पैसा र बिक्री दर १३१ रुपैयाँ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३५ रुपैयाँ २६ पैसा र बिक्री दर १३५ रुपैयाँ ८८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५५ रुपैयाँ ४६ पैसा र बिक्री दर १५६ रुपैयाँ १८ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३७ रुपैयाँ ०६ पैसा र बिक्री दर १३७ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४९ पैसा र बिक्री दर ८७ रुपैयाँ ८९ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ २२ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३२ पैसा र बिक्री दर १८ रुपैयाँ ४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ६९ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७५ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर