आइतबार, भदौ २२, २०८२

धनकुटामा निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

धनकुटाको साँगुरीगढी गाउँपालिका-३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको शुक्रबार अपराह्न मृत्यु भएको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिका-३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको शुक्रबार अपराह्न मृत्यु भएको छ। 

सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बू अचानक बेहोस भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले बताए।

उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको पोखरेलले बताए। उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन्। उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 19, 2022| 07:21 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।