आइतबार, भदौ २२, २०८२

दीपक मनाङेलाई २५ हजार जरिवाना गर्ने आयोगको निर्णय

गुरुङले अन्तर्वाताको क्रममा बोलेको भिडियो यसअघि विभिन्नमाध्यममा सार्वजनिक भएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो। गुरुङको जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोग जरिवानाको निर्णयमा पुगेको हो।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्य मनाङ (ख) का उम्मेदवार दीपक मनाङे (राजीव गुरुङ)लाई २५ हजार जरिवाना गर्ने निर्णय गरेको छ। गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका गुरुङले आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले जरिवाना गर्ने निर्णय गरेको हो। 

गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्चका विषयमा टिप्पणी गरेका थिए। 'जुन अहिले निर्वाचन आयोगले ३३ लाख/ ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ। ३० लाखमा नेपालमा चुनाव जित्छ यार! मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाईदिन्छ,'  भन्ने अभिव्यक्ति दिएका थिए। सोही विषयमा आयोगले उनलाई जरिवानाको निर्णय गरेको हो। 

गुरुङले अन्तर्वाताको क्रममा बोलेको भिडियो यसअघि विभिन्नमाध्यममा सार्वजनिक भएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो। गुरुङको जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोग जरिवानाको निर्णयमा पुगेको हो। 

आयोगको निर्णय
प्रस्तुत मिसिल संलग्न कागजात अध्ययन गरी हेरियो। यसमा गण्डकी प्रदेश सभा सदस्य मनाङ “२” का उम्मेदवार,एवम् गण्डकी प्रदेशका माननीय युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले आचार संहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको (“जुन अहिले निर्चवाचन आयोगले ३३ लाख ३० लाख भन्दा बढी खर्च गर्नु हुदैन भनेको छ …३० लाखमा नेपालमा चुनाव जित्छ यार… मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाईदिन्छ”) अभिव्यक्तिको श्रव्यदृष्य सामग्री सार्वजनिक भई निज प्रत्यर्थीबाट निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्ने सूचना यस आयोगमा प्राप्त हुन आएको रहेछ।

आयोगमा प्राप्त सूचनाको आधारमा निज प्रत्यर्थी राजिव गुरुङलाई के कसो भएको हो? भनी स्पष्टीकरण सोधिएकोमा निज प्रत्यर्थीबाट प्रेषित स्पष्टीकरण जवाफ हेर्दा केही  दिन अगाडि अनलाईन मिडियामा अन्तर्वाता दिएको, सो कुरा उम्मेदवारी दर्ता गर्दा निर्वाचनमा हुने खर्चको कुरा स्थानीय निर्वाचन, २०७९ मा विभिन्न दलका उम्मेदवारहरुले गरेको तडक भडकलाई देखेर व्यक्त गरेको, अन्तर्वाताको क्रममा अभिव्यक्त गरेको कुरा निर्वाचनको समयमा रक्सी उपर आयोगले प्रतिवन्ध लागाउनु पर्छ भन्ने सम्म हो,  अन्यथा उम्मेदवारलाई मर्का पर्छ भन्ने आशय हो, आफु मंगोलियन समुदायको सदस्य त्यही संस्कार, सभ्यतामा हुर्केको,  सो अन्तवार्तमा व्यक्त भएका शब्दहरुले राष्ट्रिय रुपमा सम्मानित आयोग, आयुक्तहरु तथा निर्वाचन आयोगमा खटिनु भएका कर्मचारीले नमिठो महसुस गर्नु भएको भएको भए यस प्रति क्षमा याचना गर्दछु भन्ने बेहोरा उल्लेख भएको देखियो।

यसमा गण्डकी प्रदेशका माननीय युवा तथा खेलकुद मन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्य मनाङ “२”  का उम्मेदवार, राजिव गुरुङले निर्वाचन आचार संहिता प्रतिकूल हुने गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा भएको निर्वाचन खर्च सन्बन्धी आचरणको खण्ड (क), (ख), (ङ), (ज), (झ) र (ट) तथा ऐ.को दफा ४, मा भएको सवैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (न) र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची-५ र  ६को खण्ड (त) र (थ) को  प्रतिकुल हुने गरी मनाङ्गमा मनोनयन गर्दाको एक दिनमात्रै रक्सी खुवाउँदा १५ लाख खर्च लाग्ने भन्ने समेतको अभिव्यक्ति  दिएको हो वा होइन? र दिएको भए सो अभिव्यक्ति दिएबाट निज प्रत्यर्थी राजीव गुरुङले निर्वाचन आचार संहिता उल्लंघन गरेको ठहर्छ, ठहर्दैन? ठहर्छ भने निजलाई के- कस्तो सजाय हुनुपर्ने हो? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो।

प्रस्तुत तथ्यसँग सान्दर्भिक कानुनी व्यवस्था हेर्दा, निर्वाचन आचारसंहित, २०७९ को दफा ४ मा सवैले पालना गर्नु पर्ने आचारण सम्बन्धी प्रावधान रहेको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड(न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निश्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था रहेको छ। निर्वाचन आचारसंहिता, २०७९को दफा १६ को खण्ड (क)देखी खण्ड(ट) सम्म राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्च बारे पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था छ। साथै प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका,२०७९को अनुसूचि ५मा उम्मेदवारले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने भनी प्रतिवद्वता व्यक्त गर्ने र ऐ. अनुसूची ६ मा स्वघोषणा गर्ने समेतका कानूनी व्यवस्था रहेको छ।

तसर्थ, आयोगमा प्राप्त सूचनामा र सञ्चार माध्यममा प्रकाशित भएको बेहोरा बमोजिम निर्वाचन खर्चकोको सिमा उल्लङ्घन हुने किसिमका सार्वजनिक अभिव्यक्ति निज प्रत्यर्थी राजिव गुरुङ्ग दिएको हो भन्ने तथ्यमा विवाद भएन।

निज प्रत्यर्थी राजिव गुरुङको उक्त अभिव्यक्ति उल्लिखित कानूनी व्यवस्थाको प्रतिकूल देखिन आयो। मिति २०७९मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि सबैराजनैतिक दलहरुको साझा प्रतिवद्वता सहित जारी भएको निर्वाचन आचारसंहिता २०७९, मिति २०७९ असाेज १२ गतेदेखि लागू भईसकेको अवस्थामा निज प्रत्यर्थी राजिव गुरुङले मनोनयन दर्ताको एकदिन मात्रै रक्सी खुवाउदा १५ लाख खर्च लाग्ने भनि दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता, २०७९ को  (क), (ख), (ङ), (ज), (झ) र (ट) तथा सोही ऐनको दफा ४, को सवैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) को र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका , २०७९ को अनुसूची-५, ६को खण्ड (त) र (थ) को प्रतिकूल भई निजले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पुष्टि हुन आएकोले निज प्रत्यर्थी राजिव गुरुङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम रु. २५०००।- (अक्षरुपी पच्चीस हजार रुपैया) जरिवाना हुने ठहर्छ। सो ठहर्नाले अरुमा तपसिल बमोजिम गर्नु।

तपसिल

१. माथि ठहर खण्डमा लेखिए बमोजिम निज प्रत्यर्थी राजिव गुरुङलाई रु २५०००।- (अक्षरुपी पच्चीस हजार रुपैयाँ)  जरिवना हुने  ठहरेकोले  कानून बमोजिम असूल उपर गर्नु ।

२. प्रस्तुत निर्णयको जानकारी निज प्रत्यर्थी राजिव गुरुङलाई दिनु ।

३. प्रस्तुत निर्णय सहितको फायल अभिलेखमा सुरक्षित राख्नु ।

प्रकाशित: Nov 18, 2022| 20:10 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...