शुक्रबार, असार २७, २०८२

एकै दिन १६ अर्ब बढ्यो निक्षेप, अर्बमा सीमित कर्जा

गत कात्तिक २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५१ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा ३० गते १६ अर्बले बढेर ५१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- बैंक तथा वित्तीय संस्थामा कात्तिक ३० गते एकै दिन १६ अर्ब रुपैयाँ निक्षेप बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सो दिन वाणिज्य बैंकहरुले मात्र १३ अर्ब रुपैयाँ निक्षेप बढाएका हुन्। 

गत कात्तिक २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५१ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा ३० गते १६ अर्बले बढेर ५१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। 

कात्तिक ३० गते वाणिज्य बैंकहरुको मात्र निक्षेप बढेर ४५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। अन्य बैंक तथा वित्तीय संस्थाको पनि निक्षेप ३ अर्ब रुपैयाँले बढेर ६ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। २९ गतेसम्म ६ खर्ब २० अर्ब रुपैयाँ निक्षेप रहेको थियो। 

कात्तिक ३० गते अर्ब रुपैयाँ कर्जा प्रवाहमा गएको छ। कात्तिक २९ गतेसम्म बैंक तथा वित्तिय संस्थासँग ४७ खर्ब ५७ अर्ब कर्जा प्रवाह भएकोमा ३० गते ४७ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८६.८५ प्रतिशत रहेको छ। जबकी २९ गते सीडी रेसियो ८७.०९ प्रतिशत रहेकोको थियो। 

प्रकाशित: Nov 18, 2022| 19:05 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्