सोमबार, भदौ २३, २०८२
सोमबार, भदौ २३, २०८२

ललितपुर र बारामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका-८ डुकुछापस्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- ललितपुरको गोदावरी नगरपालिका-८ डुकुछापस्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बा.४ ख ९००८ नम्बरको निशाना गाडी अनियन्त्रित भई गएराति दुर्घटना हुँदा गाडी चालक धादिङ गल्छी घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय सन्तोष तामाङको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

यस्तै बाराको आदर्श कोतवाल गाउँपालिका-५ रुपौउलियास्थित सडकमा प्रदेश २-०३-०२२ प ८१४९ नम्बरको मोटरसाइकललाई बिआर ०५ एम ९७५८ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा प्रदेश २-०३-०२२ प ८१४९ नम्बरको मोटरसाइकलमा सवार रौतहट फतुवा बिजयपुर नगरपालिका-४ टेङगेहा बस्ने ४० वर्षीया जगिया देवीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने हाल फरार दुवै मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 18, 2022| 12:48 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।