सोमबार, भदौ २३, २०८२
सोमबार, भदौ २३, २०८२

१० हजार नक्कली मतपत्रसहित पर्साबाट दुई जना पक्राउ

बिहीबार राति वीरगञ्ज प्रहरीले १० हजार नक्कली मतपत्रसहित दुई जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- बिहीबार राति वीरगञ्ज प्रहरीले १० हजार नक्कली मतपत्रसहित दुई जनालाई पक्राउ गरेको छ। 

बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गरेको अवस्थामा बाराका २३ वर्षीय कलैयाका अमिरी राव कुर्मी र ३३ वर्षीय राजन सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दीपक गिरीले जानकारी दिए। 

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट वीरगञ्जका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा गएको संयुक्त टोलीले पक्राउ गरेको थियो। 

उनीहरुको साथबाट १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार नगद बरामद गरिएको डीएसपी गिरीले जानकारी दिए। नक्कली मतपत्रमध्ये केहीमा लोसपाको चुनावचिह्न साइकलमा मत संकेत गरिएको भेटिएको उनले बताए।

उनीहरूलाई थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ।

प्रकाशित: Nov 18, 2022| 12:24 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।