सोमबार, भदौ २३, २०८२
सोमबार, भदौ २३, २०८२

बलात्कार आरोपमा काठमाडौंबाट एक जना पक्राउ

 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

भक्तपुर- २७ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधान छन्।

पीडितले दिएको उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले आरोपित प्रधानलाई काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको भक्तपुर प्रहरीले जानकारी दिएको छ। 

प्रधानले ०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा आफूमाथि बलात्कार गरेको आरोप पीडितको उजुरीमा उल्लेख छ। प्रधानले अन्तिम पटक कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित पीडितकै कोठामा बलात्कार गरेको आरोप छ। 

प्रकाशित: Nov 18, 2022| 12:15 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।