सोमबार, भदौ २३, २०८२
सोमबार, भदौ २३, २०८२

कञ्चनपुर र सप्तरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

कञ्चनपुर र सप्तरीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। कञ्चनपुर, भिमदत्त नगरपालिका-१९ शुक्रराजटोल बस्ने ५५ वर्षीया कौशीला देवी बिष्टको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- कञ्चनपुर र सप्तरीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। कञ्चनपुर, भिमदत्त नगरपालिका-१९ शुक्रराजटोल बस्ने ५५ वर्षीया कौशीला देवी बिष्टको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो। 

आफ्नै घर नजिकै खेतमा घास काट्ने क्रममा विद्युतको मेन लाइनमा हाँगाले छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको महाकाली प्रदेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। 

सप्तरी, राजगढ गाउँपालिका-५ मलेखपुर बस्ने ३३ वर्षीय सुसिल साहको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ। आफ्नै धान कुट्ने मिल चलाउनको लागि बोर्डमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 18, 2022| 11:59 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।