ललितपुर- ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ।
शुक्रबार बिहान बम फेला परेको प्रहरीले जनाएको छ। उक्त बम नेपाली सेनाको टिमले डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ।
निर्वाचन विथोल्ने मनासायका साथ विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखिएको पाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ।