काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ३५ पैसा र बिक्री दर १३० रुपैयाँ ९५ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३५ रुपैयाँ ०९ पैसा र बिक्री दर १३५ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५४ रुपैयाँ ९१ पैसा र बिक्री दर १५५ रुपैयाँ ६३ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३७ रुपैयाँ ५९ पैसा र बिक्री दर १३८ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २८ पैसा र बिक्री दर ८७ रुपैयाँ ६८ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ०८ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३४ पैसा र बिक्री दर ९ रुपैयाँ ३८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २५ पैसा र बिक्री दर १८ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ६८ पैसा र बिक्री दर ३४ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर