काठमाडौं– चालू आर्थिक वर्षको चार महिना बितिसक्दा पनि सरकारले जम्मा ६.९१ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। सरकारले कात्तिक मसान्तसम्म जम्मा २६ अर्ब २९ करोड रुपैयाँ मात्र खर्च गरेको हो। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पुँजीगत खर्च छुट्याइएको छ।
त्यस्तै, चालूतर्फ सरकारले २ खर्ब ८१ अर्ब ३८ करोड रुपैयाँ अर्थात् २३.७८ प्रतिशत खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सरकारले चालू आर्थिक वर्षका लागि ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ छुट्याएको थियो।
सरकारले चार महिनामा जम्मा १९.११ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। महालेखाका अनुसार सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको थियो। तर चार महिना बितिसक्दा पनि जम्मा २ खर्ब ६८ अर्ब रुपैयाँ मात्र असुली गरेको छ।
महालेखाका अनुसार सरकरले प्रत्यक्ष करअन्तर्गत २ खर्ब ४५ अर्ब अर्थात् लक्ष्यको १८.९१ र गैरकरअन्तर्गत २२ अर्ब २८ करोड रुपैयाँ असुलेको छ।