शनिबार, असार २८, २०८२

निर्वाचन आचारसंहिताका कारण कर दिवसको मिति सारियो

प्रत्येक वर्ष १ मंसिरमा कर दिवस अवसर पारेर करदातालाई सम्मान गरिने भए पनि यो वर्ष निर्वाचनका कारण ७ मंसिरमा सारियो।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं– सरकारले आगामी ७ मंसिरमा कर दिवस मनाउने भएको छ। प्रत्येक वर्ष १ मंसिरमा  कर दिवस अवसर पारेर करदातालाई सम्मान गरिने भए पनि यो वर्ष निर्वाचनका कारण ७ मंसिरलाई सारिएको हो। आगामी ४ मंसिरमा  देशैभर एकैसाथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ। 

१ मंसिरमा मूल्य अभिवृद्धि कर लागू भएको दिन भएकाले यसैलाई सरकारले कर दिवसका रूपमा मनाउँदै आएको छ। यो वर्ष कर दिवसको नारा ‘स्वैच्छिक सहभागितासहितको फराकिलो कराधार : दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ रहेको छ।

आन्तरिक राजस्व विभागका अनुसार आगामी ७ मंसिरमा विवादमा नआएका विभिन्न क्षेत्रका उत्कृष्ट १५ करदातालाई सम्मान गरिनेछ। उनीहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन।

प्रकाशित: Nov 17, 2022| 15:25 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्