शनिबार, असार २८, २०८२

आजको कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ०६ पैसा तोकिएको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ०६ पैसा तोकिएको छ। 

मंलबारको तुलनामा विदेशी मुद्राहरूको खरीद बिक्रीमा सामान्य फेरबदल भएको छ। युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ यस्तै सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

यसैगरी जापानी येनमा १० को खरिदमा ९  रुपैयाँ ३० पैसा र बिक्रीमा ९ रुपैयाँ ३५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४१  पैसा र बिक्रीदर ३५ रुपैइाँ ५७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Nov 16, 2022| 07:17 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्