शनिबार, असार २८, २०८२

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलब ३३ अंकले ओरालो लागेर ३७३ दशमलव ७१ अंकमा ओर्लिएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ५९ अंकले ओरालो लागेर १ हजार ८९७ दशमलव ८६ अंकमा सीमित भएको छ। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलब ३३ अंकले ओरालो लागेर ३७३ दशमलव ७१ अंकमा ओर्लिएको छ। कूल २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० मूल्यमा खरिद बिक्री भए। कारोबार भएका कूल १३ उपसमूहमध्ये मंगलवार ३ उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने १० उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। 

मंगलबारको कारोबारपछि बजार पूँजीकरण २७ खर्ब २९ अर्ब ८४ करोड ५ लाख ५४ हजार ४९१ बराबर रहेको छ। नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। सो कम्पनीको ८ करोड २२ लाख ३४ हजार ६७५ रुपैयाँ बराबरको कारोबार भयो। 

नेपाल लाइफ इन्स्योरेन्स ६ करोड ४ लाख ९७ हजार ८४४, नेपाल दूरसञ्चार कम्पनी ४ करोड ६७ लाख २२ हजार २३१, शिवम् सिमेन्ट ४ करोड ४८ लाख ४३ हजार ६९६ र नेपाल पुनरबीमा कम्पनी ३ करोड १७ लाख ८४ हजार ६१५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ स्थानमा रहेका छन्। 

नेप्सेका अनुसार सिटिजन म्युचुअल फण्ड एक ४ दशमलव ५८, पञ्चकन्या माई हाइड्रोपावर २ दशमलव ९३, ग्लोबल आईएमई ब्यालेन्स फण्ड एक २ दशमलव ५६, लक्ष्मी इक्विटी फण्ड २ दशमलव १२ र युनिलिभर नेपालका लगानीकर्ताले २ दशमलव ०८ प्रतिशतले कमाएका छन्। 

तारागाँउ रिजेन्सी होटल ८ दशमलव ५६, सिकलेस हाइड्रोपावर ८ दशमलव ४२, गरिमा विकास लघुवित्त ६ दशमलव २१, गणपति लघुवित्त ५ दशमलव ०६ र सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ दशमलव ५७ प्रतिशतले गुमाएका छन्।


प्रकाशित: Nov 15, 2022| 17:28 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्