काठमाडौं- लक्ष्मी बैंक लिमिटेडले विश्वकप फुटबल प्रतियोगिताको अवसरमा ‘सेभ लाइक अ च्याम्पियन’ योजना सार्वजनिक गरेको छ।
बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना ‘सेभ लाइक अ च्याम्पियन (बचत गरों, च्याम्पियन बनौं)’ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
यस अभियानले वर्तमान र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रबर्द्धन एवं प्रोत्साहन गर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार यो अभियान २० नोभेम्बरदेखि ३१ डिसेम्बर २०२२ सम्म सञ्चालन हुने बैंकले जनाएको छ। यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैकिंङ, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ, इमेल समाधानहरुं) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिनेछ।